'भिष्म पितामह'को अनुरोध सुनेन बारको नेतृत्वले

File Photo
File Photo

अदालतमा न्यायाधीशकै बिचाैलिया छन्ः वरिष्ठ अधिवक्ता भण्डारी [अन्तर्वार्ता]


नेपाली न्याय क्षेत्रका 'भिष्म पितामह' मानिने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अनुरोध अस्वीकार गरि नेपाल बार एसोसिएसनले आइतबार सबै अदालत बन्द गर्ने निर्णय गरेकोे छ।

जीवित कानून व्यवसायी मध्ये सबैभन्दा अग्रज भण्डारीले शुक्रबारको बार सल्लाहकार बैठकमा अदालत बन्दको कार्यक्रम नराख्न अनुरोध गरेका थिए। एक सहभागीले दिएको जानकारीअनुसार, भण्डारीले यसअघिका धर्नाले सांकेतिक विरोध भइसकेको बताउँदै अदालतलाई नै बन्द गर्न कननून व्यवसायीले नहुने सुझाव राखेका थिए।

९५ वर्षका भण्डारी न्याय क्षेत्रमा भीष्म पितामहका रुपमा चिनिन्छन्। उनलाई सबैले गुरु भनेर सम्बोधन गर्छन्।

बारले अदालत बन्दसहित न्यायाधीशलाई अदालत प्रवेशमा रोक लगाउने सहितका विरोध कार्यक्रम ल्याएको छ। सर्वोच्च अदालतका न्यायाधीश इजलास फर्केर मुद्दाको सुनुवाइ थालेपछि बार थप आक्रोशित बनेको हो।

'नेपाल बारको आन्दोलनमा प्रहरी दमन हुनु आपत्ति जनक'

बार एसोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले बारका न्यायाधीशहरूमाथि भएको धरपकडप्रति आपत्ति जनाएको छ।

नेपाल बारले न्यायपालिका भित्रका विकृति, विसंगती, बिचौलिया, भ्रष्टाचार हटाई न्यायपालिकाको जनआस्था बढाउने, स्वतन्त्र, सक्षम, निष्पक्ष र हस्तक्षेपमुक्त न्यायपालिका बनाउने कार्यमा प्रधानन्यायाधीश बाधक रहेको भन्दै शान्तिपूर्वक गरिरहेको आन्दोलनमा प्रहरी दमन हुनु दुखद रहेको समितिको निष्कर्ष रहेको  छ।

'नेपाल बारको शान्तिपूर्ण प्रदर्शनमा एसएलआर सहितको सशस्त्र हातहतियारसहित दंगा प्रहरी प्रवेश गराई कानुन व्यवसायीमाथि निर्ममता पूर्वक बल प्रयोग गर्नु दुखद विषय हो। प्रहरीको आक्रमणबाट मंसिर २ र ३ गते बारका केही कानुन व्यवसायी घाइते भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ', समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अदालत परिसरमा भएको यस प्रकारको घटना निन्दनीय र खेदजनक रहेको समितिले जनाएको छ। कानुन व्यवसायीको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न र नगराउनसमेत समितिले माग गरेको छ।

प्रकाशित मिति: : 2021-11-19 21:01:00

प्रतिकृया दिनुहोस्