चार सयले बढ्यो सुनको मूल्य

NDTV
NDTV

नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेको छ, योसगैँ सुनको मूल्य ९४ हजार ४०० कायम भएको छ। 

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० कायम भएको छ। 

त्यस्तै आज चाँदीको मूल्य १५ ले बढेर २८५ मा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2021-11-12 11:53:00

प्रतिकृया दिनुहोस्