भूकम्पपीडितका आँखामा अझै आँशु (भिडियो)

रातोपाटी

काठमाडौं

भूकम्पले ठूलो क्षति पुर्‍याएको काठमाडौंको उत्तर पूर्वी क्षेत्रमा रहेको ऐतिहासिक सहर साँखु पुनर्निर्माणको अन्तिम अवस्थामा पुगेको छ । साँखुका अधिकांश भूकम्प प्रभावितले  घर बनाइसकेका छन् ।

कतिपयले सरकारले दिने ३ लाख अनुदानबाहेक नगरपालिकाबाट पाउने थप एक लाख अनुदानबाट घरको बाहिरी स्वरूपलाई परम्परागत स्वरूप पनि दिएका छन् ।

तर, केही भूकम्प प्रभावितहरू अझै पनि जस्तापाताले बारेको टहरोमा बसिरहेका छन् । तीमध्ये एक हुन् शंखरापुर नगरपालिका वडा नम्बर ६ साँखुका ओम श्रेष्ठको परिवार । घर बनाउन नसकेपछि उनीहरू अझै पनि जस्ता–पाताको छाप्रोमा बसिरहेका हुन् ।

भूकम्पले घर भत्काएपछि ६ वर्षको पुस–माघको चिसो हिउँद कटाएका उनीहरू भूकम्पपछिको सातौँ वर्षको जाडो पनि जस्ताको टहरोमा बसेर पार लगाउने तयारीमा छन् ।

प्रकाशित मिति: : 2021-11-02 09:03:00

प्रतिकृया दिनुहोस्