सरकारले तीन देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदूत नियुक्तिको सिफरिस गरेको हो।
बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाएर सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको हो।
राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।