गण्डकीको ११ सदस्यीय मन्त्रिपरिषद् थपेर १२ सदस्यीय बन्दै छ। एक्कासी आएको यो निर्णयलाई लिएर गण्डकी प्रदेश सरकारका उर्जा मन्त्री हरिशरण आचार्यले प्रदेश सरकारलाई वार्निङ दिएका छन्।
जसपाबाट मन्त्री बनेका आचार्यले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सरकारलाई चेतावनी दिँदै कांग्रेसले बाटो बिराएको बताएका छन्। बाटो बिराउँदा के हुन्छ भन्ने स्मरण गर्न भन्दै उनले चेतावनी दिएका हुन्।
आचार्यले कांग्रेसले जनता समाजवादीसँगको सहमति पनि तोडेको भन्दै सामाजिक सञ्जालमार्फत कांग्रेसमाथि खनिएका छन्। 'कांग्रेस एकपछि अर्को सहमति तोड्दै बेइमान बन्दै स्वइच्छ्याकारी हुँदै गएको छ,' उनले लेखेका छन्।