चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ।

वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले जानकारी दिए। खोप ल्याउन विमान बिहीबार राति बेइजिङ उडेको थियो।

खोपलाई टेकुस्थित स्टोरमा भण्डारण गरिने दाहाले बताए। उनका अनुसार खोप तुरुन्तै लाउन सुरु गरिनेछ। 'हामी तयार छौं। निश्चित उमेर समूहलाई लगाउँछौं,' उनले भने।

हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए। हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-09-17 14:56:00

प्रतिकृया दिनुहोस्