संखुवासभा सामूहिक हत्या प्रकरणः लोकबहादुरका भाइ पनि पक्राउ, मृतक रञ्जनाको मोबाइल भेटियो

हत्याकाे मुख्य आरोपीका रुपमा पक्राउ परेका लोकबहादुर कार्की
हत्याकाे मुख्य आरोपीका रुपमा पक्राउ परेका लोकबहादुर कार्की

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा थप एक जना पक्राउ परेका छन्।

यसअघि हत्याकाे मुख्य आरोपीका रुपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएको हो।

हत्या गरिएकी रञ्जनाको मोबाइल नरेशको साथमा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मादीमा भदौ २१ गते ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो।

प्रकाशित मिति: : 2021-09-16 11:30:00

प्रतिकृया दिनुहोस्