धरौटी रकम बुझाएर छुटे दीपेश पुन

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेशकुमार पुन रिहा भएका छन्।

जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्ने आदेश दिएकाे एक हप्तापछि शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन्।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग अदालतले ४ लाख रुपैयाँ धरौटी माग गरेकाे थियाे। उक्त रकम बुझाउन नसकेपछि पुन: हिरासतमै बसेका थिए। 

प्रकाशित मिति: : 2024-04-26 16:53:00

प्रतिकृया दिनुहोस्