जन्मदेव जैसी
नेपालमा मिडिया-संकट छैन। ठुला मिडियाले आफ्नाे सिन्डिकेट कायम राख्नका लागि साना मिडिया सक्काउन र नवआगन्तुकहरुलाई ‘मिडियामा भविष्य छैन’ भनेर ‘फ्रस्टेट’ बनाउन मिडिया संकटकाे भ्रम फैलाइरहेका छन।
वास्तवमा नेपाली मिडियामा संकट छैन, संकट देखाइएको मात्रै हो। नेपाली सञ्चार क्षेत्रमा केही माफियाहरु छन्। उनीहरुले मिडिया क्षेत्रमा संकट लादेका छन्। मिडियाका मुठ्ठीभर साहुहरुले आफ्नो सिन्डिकेटलाई मजबुद बनाउनका लागि बजारमा एक खालको मिडिया संकट देखाइरहेका छन्।
नत्र संसारमा नै सबैभन्दा बढी फस्टाएको व्यवसाय नै आइटी, सञ्चार र सूचना प्रविधि नै हो। मानिस दिनमा ६–७ घण्टा सुत्छन्, बाँकी समय त उनीहरुको हात हातमा टेबल टेबलमा सूचना प्रविधि छ। सबैभन्दा बढी प्रयोग भइरहेको सूचना प्रविधिको क्षेत्र संकटमा छ भन्न कसरी मिल्छ? हो, त्यही भएर नेपाली मिडियामा स्वभाविक संकट छैन, सिन्डिकेटधारीहरुले ‘संकट छ’ भनेर गलत भाष्य निर्माण गरिहेका छन्। चल्ने मिडियाहरु चलिरहेका छन्। कमाउनेहरुले कमाइरहेका छन्।
नेपालमा सूचना, प्रविधि र सञ्चारको क्षेत्र धेरै राम्रो हुन सक्थ्यो। तर, यहाँ राज्यले नीतिगत रुपमा स्वच्छ वातावरण सिर्जना गर्न सकेन। व्यवसायीहरुले राम्रो व्यवसायीक संस्कार स्थापना गर्न सकेनन्। त्यसमाथि माफियाहरुले सिन्डिकेट लादिरहेका छन्।
ठुला मिडियाहरुले साना मिडियाहरुलाई संकटमा पारेर बजार आफ्नो नियन्त्रण्मा राखिरहन चाहन्छन्। व्यवसायका लागि श्रमशक्ति अनिवार्य हुन्छ। तर, सञ्चार क्षेत्रमा रहेका जनशक्तिहरुले कामअनुसारको मूल्य पाएका छन त? श्रमिकलाई राम्रो मूल्य दियो भने पो त काम राम्रो हुन्छ। काम राम्रो भयो भने पो त बल्ल व्यवसाय चल्छ। उचित मूल्य दिइएन भने काम गर्ने वातावरण बन्दैन अनि कसरी व्यवसाय चल्छ त?
मिडिया भनेको व्यवसायमात्र होइन, सूचना सम्प्रेषण हो। सूचना सम्प्रेषणमा जनताले विश्वसनीयता खोज्छन्। जसले विश्वसनीय समाचार सम्प्रेषण गर्छ, जनताले त्यही मिडियालाई रोज्छन्, त्यही मिडिया बढी हेरिन्छ। र, त्यही किसिमले व्यवसाय विकास हुन्छ। तर, यहाँ समाचार उत्पादनमा राम्रो खालको मिहेनत र मिहेनत गर्ने वातावरण छैन। विज्ञापनको आशमा समाचार लेखिएको हुन्छ। विज्ञापनको आशमा समाचार लेख्दा पत्रकारिताको मर्म मर्छ, त्यसपछि सञ्चार माध्यमप्रति जनताको विश्वास गुम्छ। र, फेरि मिडिया व्यवसायहरु फस्टाउन सक्दैनन्।
यो सबै परिस्थिति ठुला मिडिया र माफियाहरुले निर्माण गरेका हुन्।
‘मिडियामा भविष्य नै छैन’ भनेर नवआगन्तुकहरुलाई त्रसाउने काम पनि भइरहेको छ। आफ्नो वर्चश्व कायम राख्नका लागि नयाँलाई आउन नदिने वा रोक्ने काम भइरहेको छ।
नेपालमा टिकटक बन्द भयो। टिकटक मनोरञ्जनको माध्यमसँगै व्यवसायीक माध्यम पनि बनेको थियो। यो पनि सिन्डिकेट कायम राख्नका लागि माफियाहरुले सरकारलाई पैसा खुवाएर सेटिङमा गरेका हुन्। यो त एउटा उदाहरण मात्र भयो, संकट सिर्जना गर्न यस्ता धेरै सेटिङहरु भइरहेका छन्।
यी सबै कुराहरुको मारमा साना मिडियाहरु परेका छन्।
राज्यले साना मिडियालाई ठुला मिडियासँग प्रतिस्पर्धा गर्न मिल्ने वातावरण सिर्जना गरेको छैन। साना मिडियाले सूचना र विज्ञापनमा पहुँच पुर्याउन सकेका छैनन्। जस्तो कि महानगर वा नगरपालिकामा विज्ञापनका लागि छुट्याएको बजेटमा त्यहाँको प्रमुखले कुनै एउटा मिडियासँग खास सम्झौता गरेको हुन्छ। र, विज्ञापन पनि उसैलाई दिन्छ। ठुला मिडियालाई विज्ञापनबापतको रकमभन्दा पनि आफ्नो वर्चश्व कायम राख्नू छ, त्यही भएर कमभन्दा कम प्रतिशतमा भएपनि विज्ञान ओगट्ने काम गरेका छन्। तर, सानो मिडिया त त्यसरी चल्न सक्दैनन नि त।
नयाँ मिडियाले मिडियाका सिद्धान्त बुझ्न सकेनन्। पुराना मिडियाले बुझाउन पनि नचाहने र सिन्डिकेट कायम राखिरहेको अवस्था छ। यही भएर संकटमा पुगेको जस्तो देखिएको हो। साना मिडियाहरु ऋणमा चलेका छन्, उनीहरुले संकटको महसुस गरेका छन्। नत्र कमाउनेहरुले त कमाइ रहेका छन्।
यो अवस्था अन्त्यका लागि राज्यले नीतिगत रुपमा काम गर्नुपर्छ। मिडियाहरु कसरी चलेका छन्? लगानीको स्रोत के हो? भन्ने कुरामा चासो दिनुपर्छ। त्यसैले अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन। सूचना प्रविधिको यो युगमा नेपाली सञ्चार क्षेत्र न फस्टाउने भन्ने कुरै हुँदैन।
(जैशी पत्रकारहरुको हक, हित र अधिकारका लागि काम गर्ने संस्था श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष हुन्। यो सामाग्री उनीसँग गरिएको कुराकानीमा आधारित रहेर तयार पारिएको हो।)
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया