आइतबार, २१ डिसेम्बर २०२५

मधेसको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

News Image
• • •

मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव चयन भएका छन्।

सभामुख चयनका लागि आइतबार भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक यादव निर्वाचित भएका हुन्।

सभामुख पदका लागि जसपाका यादव र एमालेकातर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका थिए। मत विभाजन प्रक्रिया अपनाइएकोमा यादवको पक्षमा कुल ७२ मत परेको भने विपक्षमा २४ मत परेको थियो । 

बैठकमा कुल ९६ जना सांसद उपस्थित थिए।

यादवको पक्षमा नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, लोसपा र नेपाली कांग्रेसका सांसदहरूले मत दिएका थिए।

एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले विपक्षमा मतदान गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!