बिएल संवाददाता
मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव चयन भएका छन्।
सभामुख चयनका लागि आइतबार भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक यादव निर्वाचित भएका हुन्।
सभामुख पदका लागि जसपाका यादव र एमालेकातर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका थिए। मत विभाजन प्रक्रिया अपनाइएकोमा यादवको पक्षमा कुल ७२ मत परेको भने विपक्षमा २४ मत परेको थियो ।
बैठकमा कुल ९६ जना सांसद उपस्थित थिए।
यादवको पक्षमा नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, लोसपा र नेपाली कांग्रेसका सांसदहरूले मत दिएका थिए।
एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले विपक्षमा मतदान गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया