एमाले छाडेर एकैचाेटी १० सांसद माधव नेपालकाे पार्टीमा, पत्र बुझाउँन आयाेग जाँदै यी नेताहरू

Breaknlinks
Breaknlinks

प्रदेश नं १ मा एमालेका १० सांसदहरू माधव नेपालकाे पार्टीकाे नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन्।

उनीहरुले साेमबारसम्म नेकपा (एस) राेजेकाे पत्र निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेका हुन्। उनीहरुबीच शनिबार विराटनगरको एक होटेलमा अनाैपचारिक छलफलसमेत भएकाे थियाे।

एमाले छाडेर नेकपा एसमा जान लागेका १० जना सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा हुन्।

उनीहरु प्रदेश सांसदकाे संख्या १४ जना पुर्याउने गरिसमेत लागेका छन्। यससँगै मुख्यमन्त्री नियुक्त भएकाे एक साता नबित्दै भीम आचार्यको सरकार अल्पमतमा पर्ने भएको छ।

हाल प्रदेशमा रहेका एमालेका ५१ मध्ये १० सांसद नेकपा एसमा गएपछि मुख्यमन्त्री आचार्यसँग ४१ सांसद मात्र हुनेछन्।

प्रकाशित मिति: : 2021-08-29 10:05:00

प्रतिकृया दिनुहोस्