नेकपा एमालेका १४ जना सांसदमाथि गरिएको कारवाही रोक्न माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र पठाएका छन्।
१४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नेपालसहित १४ जना सांसदलाई कारवाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराएका थिए।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि अध्यक्ष ओलीले मंगलबार नेता नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएका थिए।