नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपाल समूहका प्रमुख चार पदाधिकारी माधव नेपालकाे नयाँ पार्टीमा नजाने भएका छन्।
उपाध्यक्ष भीम रावलसहित सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराईले माधव समूहले दर्ता गरेकाे नयाँ दल नेकपा एमाले समाजवादीमा नजाने घाेषणा गरेका हुन्।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै माधव समूहका नेता वेदुराम भुसाल र राजेन्द्र पाण्डेले निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी नामक दल दर्ताकाे निवेदन दिइसकेका छन्।