भेटिए दुर्गाप्रसाद

File Photo
File Photo

सुनुवाईबिनै भारतीय जेलमा ४० वर्ष बिताएर घर ल्याइएका माई नगरपालिका–१०, लुम्बकका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिना मेची राजमार्गको जौबारीमा फेला परेका छन्।

आइतबार साँझ सम्पर्कविहिन भएका उनलाई घरबाट करिब ४ घन्टाको पैदल दूरीमा रहेको जौबारीमा प्रहरीले फेला पारेको हो।

केही सातादेखि उनको स्वास्थ्य अवस्था असामान्य बन्दै गएको उनको भतिजो गोपालले बताए। इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८ खँगुवा ९ (हाल फाकफोकथुम गाउँपालिका) बाट २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका उनी भारतीय जेलमा पुगेका थिए।

गत चैत ७ गते रिहा भएर उनलाई नेपाल ल्याइएको थियो। कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने गरी रिहा भएका थिए।

प्रकाशित मिति: : 2021-08-16 08:20:00

प्रतिकृया दिनुहोस्