रातोपाटी
मेरो छ वर्षीय छोराले मलाई सम्बोधन गर्दा बोल्ने शब्द हो मम्मा अर्थात् मम्मी । उमेरले सानो भए पनि कतिपय कुरामा ऊ मभन्दा अझ बढी चलाख छ, जान्ने छ । आर्थिक हैसियत निम्न मध्यम परिवारको भए पनि हामीले उसले चाहेका प्रायः हरेक चिज उपलब्ध गराउँछौँ ताकि उसको दिमागमा अरू केही असर नपरोस् । तर मेरो सानो छोराले अहिलेसम्म हाम्रो हैसियतभन्दा बाहिरको कुनै वस्तु मागेको छैन ।
यति हुँदाहुँदै पनि केही विषय यस्ता हुन्छन् जो हाम्रो बसभन्दा पनि बाहिर हुन्छन् । विषय ठूलो होइन तर कुनै कुरा कति ठूलो हुँदो रहेछ । विषय दुई दिनअघि मेरो छोराले सेन्ट जेभियर्स स्कुलको लक्की ड्रमा आफ्नो नाम नआएपछि दिएको प्रतिक्रियाले अभिभावकमाथि परेको दबाबलाई प्रष्ट पारिदिएको छ ।
प्रत्येक अभिभावकलाई आफ्नो सन्ततिलाई राम्रो शिक्षा र संस्कार दिने चाहना हुन्छ । निम्न मध्यम वर्गका परिवार भएकै कारण अति महँगो विद्यालयमा पढाउने हैसियत हामीसँग थिएन, छैन । नढाँटीभन्दा दोस्रो सन्तान जन्माउँदा पहिलो सन्तानलाई उचित माया, स्नेह, आवश्यकता पूर्ति आदि गर्न सकिँदैन भनेर नै हामीले अर्को सन्तान नजन्माएका हौँ । अझ भनौँ, पहिलो सन्तानको खुशीका लागि नै हामी दोस्रो सन्तानको कल्पनामा छैनौँ । दोस्रो सन्तान जन्माउँदा थपिने आर्थिक भारले कुनै पनि सन्तानको सामान्य आधारभूत आवश्यकतालाई असर नगरोस् भन्ने हाम्रो चाह थियो र हो । त्यही कारणले पनि छोरालाई सकेसम्म सुलभ शिक्षा र विशिष्ट संस्कार सिकाउने भनिएको सेन्ट जेभियर्स स्कुलमा भर्ना गराउने चाहना हाम्रो थियो नै ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया