प्रतिनिधिसभा विघटन : सभामुखका कानून व्यवसायीको बहस सुरु

फाइल तस्वीर
फाइल तस्वीर

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ।

सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि २ घण्टा समय छुट्याइएको छ। अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन्। उनले १ घण्टा बहस गर्ने बताइएको छ।

उनीपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन्।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई  छन्।

प्रकाशित मिति: : 2021-07-04 12:04:00

प्रतिकृया दिनुहोस्