आगामी कात्तिकमा महाधिवेशन गर्ने राप्रपाको निर्णय

File photo
File photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ।

शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७ गतेदेखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको हाे।

कार्यतालिका अनुसार वडा,गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिनेछ।

यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ।

प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिनेछ। बैठकले आउँदो महाधिवेशनलाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।

प्रकाशित मिति: : 2021-07-04 06:52:00

प्रतिकृया दिनुहोस्