वामदेवको 'नेकपा एकता राष्ट्रिय अभियान' समाप्त, गौतम एमाले उपाध्यक्षमा फिर्ता

फाइल तस्वीर
फाइल तस्वीर

एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको 'नेकपा एकता राष्ट्रिय अभियान' समाप्त भएको छ। गौतम एमालेको केन्द्रीय कमिटी बैठकमा फर्किएसँगै उनी नेतृत्वको उक्त समूह पुन: एमालेमै विलीन भएको हो।

सर्वोच्च अदालतको गत फागुन २३ गतेको निर्णयअनुसार एमाले र माओवादीकेन्द्र अलग भएपछि गौतम 'नेकपा एकता राष्ट्रिय अभियान' नामक बेग्लै समूह चलाएर बसेका थिए।
उनले आफूनिकट केन्द्रीय सदस्यहरुलाई एमालेको संस्थापन पक्ष वा समानान्तर जुनसकै समूहमा लागे पनि एकता अभियानको भने विरोध नगर्न आग्रह गर्दै आएका थिए।

त्यसपछि गौतमलाई हरि पराजुलीले मात्र साथ दिएका थिए। उनीनिकट केन्द्रीय सदस्यहरु बलराम बास्कोटा र सावित्रा भुसाल नेपाल समूहमा लागेका थिए भने केशवलाल श्रेष्ठ, दलबहादुर रानालगायत एमालेमै सक्रिय भएका थिए। गौतम समूहको सचिवका रुपमा बाबुराम थापाले काम गरेका थिए।

प्रकाशित मिति: : 2021-07-02 13:27:00

प्रतिकृया दिनुहोस्