नेकपा (एमले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बालुवाटारमा बस्न लागेकाे हाे।
एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बुधबार बसेको बैठकले आजका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। एमालेले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटी बोलाएकाे हो।
बैठकमा माधव नेपाल समूह सहभागी नहुने भएकाे छ। सो समूहको बिहीबार बसेको बैठकले आजकाे बैठकमा सहभागी नहुने निर्णय गरेको हो।