सहकुल थापा एआईजीमा बढुवा

File Photo
File Photo

सरकारले डिआईजी सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। 

सोमबार बसेकाे बढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षकमा थापालाई बढुवा गरिएको हो।

बढुवासँगै थापालाई नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्साल काठमाडौंमा पदस्थापन गरिएको छ।

उनको गत सोमबार मात्र सिआईबीबाट नेपाल प्रहरीको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको थियो।

सरकारले एक एआईजीको दरबन्दी थप गरेर थापालाई बढुवा गरेसँगै प्रहरीमा एआईजीको संख्या ५ पुगेको छ। 

प्रकाशित मिति: : 2021-06-28 21:51:00

प्रतिकृया दिनुहोस्