प्रधानन्यायाधीशको ठाडै प्रश्न- 'प्रधानमन्त्रीले विश्वासको मत लिदिनँ भन्ने ठाउँ संसद कि राष्ट्रपति कार्यालय ?'

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्रीलाई म विश्वास लिदिनँ भन्ने ठाउँ संसद कि राष्ट्रपति कार्यालय? भनेर प्रश्न गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज चलिरहेको सुनुवाइअन्तर्गत जबराले सोधे, 'प्रधानमन्त्रीले मसँग विश्वास छैन म लिँदिन भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय ? यो कुरा स्पष्ट पारिदिनुस्।'

संवैधानिक इजासलमा बहस गरेका अधिवक्ता दिनमणी पोखरेलले ७६(५) मा प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी नपुग्ने बताएका छन्। उनले भने, ‘आधार १४९ हो प्रष्ट छ। यसमा विश्वास नलागे रास्ट्रपतिले संसदमा पठाइदिनुपर्छ। कोको सांसद कता कता भनेर आधार पुष्टि गर्ने अधिकार रास्ट्रपतिलाई छैन।’

प्रकाशित मिति: : 2021-06-25 13:56:00

प्रतिकृया दिनुहोस्