अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियारले १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो।
अख्तियारले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार मानेर कर छुट दिने गरी सम्झौता गरी बक्यौता कर छुट दिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ।