सर्वोच्च अदालतले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइसकेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश खतिवडाको इजलासले पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो।
अदालतले सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ।