गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ।
सोमबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले १६ डीआईजीको सरुवा गर्ने निर्णय गरेको हो।
प्रदेश १ मा अरुण बिसी, प्रदेश २ मा उमेश रन्जितकार, बागमतीमा प्रकाशजङ्ग कार्की, गण्डकीमा दिवेश लोहनी, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ।
प्रदेश नं. २ मा रहेका धिरज प्रताप सिंहलाई सीआईवीमा सरुवा गरिएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डीआईजी वसन्तकुमार पन्त र घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उत्तरराज सुवेदी र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सहकुलबहादुर थापालाई सरुवा गरिएको छ।