मेलम्ची बाढीपीडितको नाममा चन्दा वा राहत संकलन गरे कारवाही गर्ने प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विपद् पीडितका नाममा चन्दा राहत वा सहयोग संकलन नगर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा राहत वा सहयोग संकलन गरेमा र विपद्को समयमा अप्राकृतिक रुपमा बजार मूल्य वृद्धि गरेमा वा कृत्रिम अभाव सिर्जना गरेमा कारवाही गर्ने चेतावनी दिइएको छ।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४ उपदफा १ को ख बमोजिम अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा राहत वा सहयोग संकलन गरेमा र सोही ऐनको दफा १ को ख मा विपद्को समयमा अप्राकृतिक रुपमा बजारमूल्य वृद्धि गरेमा वा कृत्रिम अभाव सिर्जना गरेमा वा गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ', विज्ञप्तिमा भनिएको छ।

यस्ता क्रियाकलाप नगराउन, भए गरेको जानकारी वा सूचना प्रप्ता भएमा नजिकको प्रहरी कार्यालयमा वा जिल्ला प्रशासन कार्यालयमा फोन गरी जानकारी गराउन भनिएको छ।

प्रकाशित मिति: : 2021-06-19 18:59:00

प्रतिकृया दिनुहोस्