काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी भएको छ। कोरोना संक्रमण दर घटे पनि जोखिम कामयै रहेकाले निषेधाज्ञा थप्न लागिएको उपत्यकाका तीनओटै जिल्ला प्रशासनले जनाएका छन्।
निषेधाज्ञा थप्ने विषयमा आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठक बस्दैछ। बैठक दिउँसाे २ बजेपछि सुरु हुँदैछ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा थप गर्ने अनौपचारिक निर्णाय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।
‘दिउँसो हामी (काठमाडौं, भक्तपुर, ललितपुर) का सीडीओहरुको बैठक बस्दै छ। केही खुकुलो हुने गरी निषेधाज्ञा थप्ने तयारी छ।’ ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले भने।
उनका अनुसारका निषेधाज्ञा एक सातादेखि १५ दिनसम्म थप्ने तयारी हुँदैछ।
प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार विकास निर्माणलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिने तयारी छ। बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा फेरबदल गरी १० बजेसम्म खुलाउन दिइने छ। भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय तोकिनेछ।
निजी सवारी साधन जोरबिजोर लागु गरिनेछ। तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
निषेधाज्ञाकाे माेडालिटी कस्ताे हुनेबारे सराेकारवालासँग छलफल हुँदैगरेकाे काठमाडाैका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन्