वामदेव भन्छन्- नेपाललाई विघटन गर्ने राजेन्द्र महतोको मुक्ति आन्दोलन स्वीकार्य हुन सक्दैन

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका नेता वामदेव गौतमले  उपप्रधानमन्त्री राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने  बताए।

गौतमले लेखेका छन्, 'राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन। नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन। राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ।' 

'नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु', उनले भनेका छन्, नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो।'

प्रधानमन्त्री केपी ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको उनले बताए। ​

प्रकाशित मिति: : 2021-06-05 15:21:00

प्रतिकृया दिनुहोस्