सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधानन्यायाधीशले पेश गरेको वरिष्ठताका आधारमा संवैधानिक इजलास गठनसम्बन्धी संशोधनको प्रस्ताव अहिलेलाई अघि नबढ्ने भएको छ।
सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फूलकोर्टको शुक्रबार बसेको बैठकले वरिष्ठतम् न्यायाधीशलाई राखेर संवैधानिक इजलास गठन गर्न कुनै बाधा नरहेकाले नियमावली संशोधन गर्नु नपर्ने निष्कर्ष निकालेको हो।
यसअघि सर्वोच्च बारका पदाधिकारीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर वरिष्ठतम् न्यायाधीशहरूको सहभागिता सुनिश्चित हुने गरी इजलास गठन गर्ने व्यवस्थाका लागि नियमावली संशोधन गर्न सुझाव दिएका थिए ।त्यसपछि सुनुवाइ यही जेठ २३ गतेसम्मका लागि स्थगित भएको थियो।
अबको इजलास गठन गर्नुअघि नियमावली संशोधन हुने बताइएको थियो। यससँगै हाल कायम रोस्टरबाटै संवैधानिक इजलास गठन हुने भएको छ।