सरकारले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ।
अर्थमन्त्री पौडेलले बजेट भाषण वाचन गर्दै भोकमरी अन्त्य गर्न सरकारले न्यून वर्गका नागरिकहरुलाई सहयोग गर्ने बताएका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
सरकारकद्य लोक कल्याणकारी दायित्व निर्वाह गर्ने ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियानलाई अगाडि बढाइएको उनले घोषणा गरे।