अखिल क्रान्तिकारीको अध्यक्षमा ‘प्रचण्ड-शक्ति’ समूहका सापकोटा विजयी

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्ति बस्नेतको समर्थन पाएका उनी ७१ मतको अग्रतासहित विजयी भएका हुन्।

सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ। तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदीन पौडेलले जम्मा १९२ मत प्राप्त गरे।

निकटतम प्रतिद्वन्द्वी राई माओवादी उपमहासचिव जनार्दन शर्मानिकट उम्मेदवार हुन् भने यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पौडेल उपमहासचिव वर्षमान पुननिकट उम्मेदवार हुन्। त्यस्तै महासचिवमा भने जनार्दननिकट रोशन थापामगर विजयी भएका छन्। 

असोज १० देखि १५ गतेसम्म भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेरहद लगाउने कि नलगाउने विषयमा विवादका कारण रोकिएको निर्वाचन चार महिनापछि सम्पन्न भएको छ। पुस १३ मा भएको उमेरहद खुला पक्षधर पराजित भएपछि ३२ वर्षमुनिबाट आगामी २ वर्षका लागि संगठनको नेतृत्व हाँक्ने जिम्मेवारी सापकोटाको काँधमा आएको छ।



अखिल क्रान्तिकारीको महासचिवमा ‘जनार्दन’ निकट रोशन निर्वाचित

क्रान्तिकारीको कोषाध्यक्षमा ‘जनार्दन’ निकट फूलमाया विजयी

 

प्रकाशित मिति: : 2025-01-29 20:45:00

प्रतिकृया दिनुहोस्