दश लाख खोपकाे सहजीकरण गरिदिन अपिल गर्दै भारतीय समकक्षीलाई राष्ट्रपति भण्डारीको कूटनीतिक पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षीलाई खरिदका लागि प्रक्रिया अगाडि बढाएको कोभिड–१९ विरुद्धको दश लाख खोप उपलब्ध गराउन सहजीकरण गरिदिन अपिल गरेकी छन्।

राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कूटनीतिक पत्र लेखेर खोपका लागि सहजीकरण गरिदिन आग्रह गरेकी हुन्। 

नेपालले दश लाख खोप खरिदका लागि यसअघि नै रकम भुक्तान गरिसकेको छ। सोही खोप उपलब्ध गराउनका लागि राष्ट्रपति भण्डारीले सहजीकरणको अपिल गरेकी राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।

पत्रमार्फत राष्ट्रपति भण्डारीले भारतमा कोरोना महामारीका कारण ज्यान गुमाएकाहरुप्रति दुःखसमेत प्रकट गरेकी छन्। महामारीको संकटपूर्ण अवसस्थामा छिमेकी मुलुकबीच आपसी सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ। 

उनले कोभिड महामारी रोकथाम र व्यवस्थापनका लागि भारत सरकारले गरेको सहयोगका लागि आभार प्रकट गरेकी छन्। 
 

प्रकाशित मिति: : 2021-05-27 07:38:00

प्रतिकृया दिनुहोस्