एमालेलाई फूटबाट जोगाउने अन्तिम प्रयास, लेखा समितिको हलमा नेपाल स्वयम् छलफलमा 

आफू पक्षधर सांसद्हरुलाई सामूहिक राजीनामाका लागि सिंहदरबारमा डाकेका माधवकुमार नेपाल स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रुपमा अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्वाङसँग छलफलमा बसेका छन्।

सिंहदरबारस्थित लेखा समितिको हलमा उक्त छलफल भइरहेको छ । छलफलमा पूर्वप्रधानमन्त्री नेपालसहित उनी पक्षका योगेश भट्टराई सहभागी छन् भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् ।

एमालेको नेपाल समूहका सांसद्हरू सिंहदरबारस्थित समितिको हलमा, स्थायी कमिटीको निर्णय पर्खंदै

राजीनामा गर्न भनी पुगेका नेपाल पक्षधर सांसद्हरु भने शिक्षा समितिको हलमा बसेर छलफल गरिरहेका छन् । सांसद्हरु अर्थ समितिको हलमा बस्न भनी गएको भए पनि सो कक्षमा ताला लगाइएकाले शिक्षा समितिको हलमा बसेको एक सांसद्ले जानकारी दिए ।
 

प्रकाशित मिति: : 2021-05-09 16:54:00

प्रतिकृया दिनुहोस्