राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन्।
बाग्मती प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल प्रस्तावक र नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घले समर्थक रहनेगरी उम्मेदवारी दर्ता गराइएको हो।
डा. देवकोटाले माओवादी, काँग्रेस र माधवनेपाल समूहका तर्फबाट उम्मेदवारी दिएका हुन्।
रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचन जेठ ६ गते हुँदैछ।