रहेनन् वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएकाे छ। 

गायक प्रधानकाे आज बिहीबार निधन भएकाे हाे। छातीमा समस्या देखिएपछि उनी केही दिनअघि न्यूरो अस्पताल भर्ना भएका थिए। 

गायक प्रधान १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका थिए। चर्चित र स्टाईलिस गायक प्रधानका धेरै गीतहरू चर्चित छन्।

प्रधानको ‘घुम्तीमा नआउ है', ‘पर लैजाउ फुलहरू’ लगायत दर्जनौभन्दा बढी गीतहरू हिट छन्।

प्रेमध्वज प्रधानका चर्चित गीतहरू :

- यो नेपाली शिर उचाली
- घुम्तीमा नआऊ है
- गोरेटो त्यो गाउँको
- तारा मात्र हैन तिमीलाई
- माया नमार मायालु
- पर लैजाउ फूलहरू
- यो नानीको शिरैमा
- लाग्द छ मन तिमी कहाँ आउन
- नमान लाज यसरी
- मुजुराको चाल चोरी
- मुहारलाई पछ्यौरीमा लुकाइ नराख



प्रेमध्वजको सानोको नाम थियो गणेशध्वज, हेडसरले जुराए अर्को नाम

नारायण गोपालसँग उनको भेटको प्रसंग पनि कम्ता रोचक छैन। त्यति बेला भेडासिंगमा प्रेमध्वजका साथी लक्ष्मणको धागो र कपासको पसल थियो। उनी दैनिकजसो लक्ष्मणको पसल पुग्थे।

एक दिन यस्तै पसलमा बसिरहेको बेला लक्ष्मणले भनेछन्–तिम्लाई आज म एउटा मित्रसँग भेट गराउँछु। राम्रो गीत गाउँछ।

सानु बाबु, त्यति बेला नारायण गोपाललाई बोलाइने नाम थियो। यही नामबाट नारायण गोपालको परिचय भएको थियो, प्रेमध्वजसँग।



जब प्रेमध्वजले ‘फिल्म फेयर अवार्ड’ मा किशोर कुमारको गीत गाए

प्रेमध्वजले नेपालबाट जाँदै गितार बोकेका थिए।

भारतीय शिक्षकको घरमा प्रेमध्वजले ‘प्यारीदेखि जूनकीरी’ र ‘घुम्तीमा नआऊ है’ जस्ता आफ्ना कालजयी गीत गाएपछि ती शिक्षक त एकछिन अवाक् भएछन्। उनले प्रेमध्वजको संगीतको तारिफ गर्दै भने–‘यहाँ एमए पास गरेकाले यस्तो गाउन सक्दैनन्। तिमीलाई त क्लासिकल, राग सबैको ज्ञान छ। भो पर्दैन तिमीले सिक्न।’

यसपछि प्रेमध्वजको दैनिकी नै बन्यो, बिहान जयदेवको घर जाने र दिउँसो नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा गाउने।



जब ६ बर्षको उमेरमा बुवा र आमाको पारपाचुके भयो

घुम्तीमा नआऊ है’ र ‘यो नेपाली शिर उचाली’ जस्ता कालजयी गीतका गायक प्रेमध्वज प्रधान, जुन बेला जन्मिएका पनि थिएनन्, उनका जिजुबुवा नारायणध्वजको सिन्धुपाल्चोकस्थित चौतारामा ठूलो धाक थियो। 

नहोस् पनि कसरी! नारायणध्वज चौतारामा कहलिएका व्यापारी गनिन्थे। उनको भोट जाने बाटोमा कपडाको ठूलो पसल थियो। घरको कुरै छौडौं– चन्द्रशमशेर राणा प्रधानमन्त्री भएको बेला चौतारामा प्रेमध्वजका जिजुबुवाको बुर्जाले छाएको घर थियो।



प्रेमध्वजको करकापले नारायणगोपालले एसएलसीको परीक्षा दिए

त्यति बेला ‘क’ श्रेणीमा पास हुनेलाई ३–४ वटा गीत गाउन दिने चलन थियो। र, एउटै गीतको पारिश्रमिक १० रुपैयाँ थियो।

‘मैले पास भएको पहिलो खबर आमालाई सुनाए। बुवालाई भन्दै भनिन्,’ उनी भन्छन्।

पहिलो पल्ट स्वरपरीक्षा पास भएपछि प्रेमध्वज यति तनावमा थिए, उनलाई गीत कसरी गाउने भन्ने चिन्ताले सताएको थियो।

प्रकाशित मिति: : 2021-05-06 14:19:00

प्रतिकृया दिनुहोस्