डलर खाँदै समाजसेवा र राजनीति गर्नेलाई एमालेको माधव समूहले गर्‍यो पुरस्कृत

नेकपा एमालेको माधवकुमार नेपाल समूहले युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आईएलओ घोटाला काण्डमा मुछिएका प्रवीण पोखरेललाई प्रवाशी नेपाली मञ्च, युएई शाखाको अध्यक्ष बनाएको छ।

कोरोना प्रभावित नेपालीहरूको उद्दारका निम्ति अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बाट प्राप्त अनुदान बसी–बसी मासिक ९ सय अमेरिकी डलर तलबका रुपमा खाएका पोखरेललाई नेकपा एमालेको समानान्तर गतिविधि गरिरहेको माधव नेपाल समूहले अध्यक्ष बनाएको हो।

आईएलओको अनुदानमा एनआरएनए, युएईले सन् २०२० को सेप्टेम्बरदेखि कोरोना प्रभावित नेपालीको उद्दारका निम्ति 'आरआरआर' परियोजना सञ्चालन गरेको थियो। उक्त परियोजनामा सुटुक्क स्वयंसेवक संयोजकको जागिर खाएका पोखरेलले कामै नगरी मासिक ९ सय अमेरिकी डलर (नेपाली करिब १ लाख नेपाली रुपैयाँ) तलब खाँदै आएका छन्।



‘सेटिङ’ मिलाएर भिजिट भिसामा मानव तस्करी

युएईमा अप्ठ्यारोमा परेका नेपालीलाई एनआरएनएले सहयोग गर्ने



परियोजनाले कोरोना प्रभावित नेपालीलाई उद्दार तथा सहयोग गर्ने भनिए पनि अहिलेसम्म पोखरेलको उपस्थिति कहीँ पनि देखिएको छैन। युएईमा भिजिट भिजामा रहेका व्यक्तिलाई काम गर्ने अनुमति छैन तर पोखरेलले भिजिट भिजामा रहेका नजिकका मित्र सुदर्शन खड्कालाई समेत मासिक ६ सय अमेरिकी डलर तलब हुनेगरी स्वयंसेवकको जागिर खुवाएका छन्।

पोखरेल प्रवाशी नेपाली मञ्च युएई शाखाका पूर्वसचिव समेत हुन्।

राजनीतिक पहुँचमा सेटिङ्ग गरि सुटुक्क आईएलओ परियोजनामा स्वयंसेवक संयोजकको नियुक्ति लिएका पोखरेललाई प्रवाशी नेपाली मंच (संस्थापन) ले गत अप्रिल १६ मा साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको थियो।

परियोजनामा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न गठित छानबिन समितिलाई समेत पोखरेलले परियोजनाका कागजात र ल्यापटप हेर्न दिएका थिएनन्। उनले परियोजनाको ल्यापटप व्यक्तिगत रूपमा प्रयोग गरेको पाईएको थियो।



नेपाल एसोसिएसन युएईको घुम्ती शिविर सम्पन्न 

एनआरएनए युएईका अध्यक्षले नक्कली बिल बनाएर श्रमिककाे नाममा आएको २० लाख रकम खाएको पुष्टि



छानबिन समितिले ल्यापटप खोल्न खोज्दा उनले छानवीन समितिलाई नै धम्की दिएका थिए। छानबिन समितिले पोखरेलको नाममा फरक–फरक गाडीहरुमा पेट्रोल हालेको र ट्राफिक जरिवाना तिरेको बिलहरुसमेत फेला पारेको थियो।

उक्त परियोजनामा एनआरएनए युएईलाई आईसीसीमार्फत् चार चरणमा गरी नेपालीका लागि करिब ७० लाख रुपैयाँ प्राप्त भएको थियो, जसमा २० लाख नेपाली रुपैयाँ बराबर रकम अनियमितता भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

अनियमिततामा संलग्न एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई आईसीसीले निलम्बन गरिसकेको छ भने स्वयंसेवकहरुका बारे एनआरएनएले अहिलेसम्म बोलेको छैन। 

प्रकाशित मिति: : 2021-05-03 20:41:00

प्रतिकृया दिनुहोस्