युएईमा अप्ठ्यारोमा परेका नेपालीलाई एनआरएनएले सहयोग गर्ने

एनआरएनए युएईले युएईमा रहेका नेपालीहरुलाई कोरोना विरुद्ध लड्न सुरक्षा तथा सावधानीका उपायहरु अपनाउन आग्रह गरेको छ।

पछिल्लो समय विश्वभरि नै कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकोले एनआरएनएले सूचना निकालेर युएईमा कार्यरत नेपालीहरुलाई कोभिड १९ विरुद्ध उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गरेको हो।

एनआरएनए युएईका महासचिव निश्चल दहालद्वारा जारी सुचनामा कोरोनाको महामारीका कारण अप्ठ्यारोमा परेका, जागिर गुमाएका, अलपत्र भएका एवम् अन्य कारणले समस्यामा परेका नेपालीहरुलाई एनआरएनए राष्ट्रिय समन्वय परिषदमा सम्पर्क गर्न आग्रह गरिएको छ। 

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) द्वारा युएईमा कोरोना प्रभावित नेपालीहरुको उद्दारका निम्ति संचालित परियोजनामा आर्थिक अनियमितता भएको पुष्टि भएपछि निष्क्रिय बनेको एनआरएनए कोभिड १९ को महामारी फैलिन थालेपछि सक्रिय भएको हो।

प्रकाशित मिति: : 2021-04-27 18:22:00

प्रतिकृया दिनुहोस्