पूर्वराजा ज्ञानेन्द्र ‘होम क्वारेन्टाइन’ मा, स्वास्थ्य अवस्था सामान्य

फाइल तस्वीर
फाइल तस्वीर

भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमणको लक्षण देखिएपछि राजावादीहरूमा ठूलो चासो बढेको थियो।

दरबार श्रोतले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार हाल उनको अवस्था सामान्य छ।

उनी शितल निवासस्थित आफ्नो घरमा ‘होम क्वारेन्टाइन’ मा बसेका छन्। उनलाई रुघाखोकी छैन भने स्वास्थ्य अवस्था सामान्य रहेको दरबार श्रोतले बतायो।

तर, पूर्वरानी कोमल शाहलाई भने सामान्य खोकी रहेको छ। ‘अवस्था सामान्य छ। उहाँहरू होम क्वारेन्टाइनमा बस्नुभएको छ,’ दरबार श्रोतले भन्यो।

पूर्वराजा ज्ञानेन्द्र १२ वर्षमा भारतको उत्तराखण्डस्थित हरिद्धारमा लाग्ने महाकुम्भमा शाहीस्नान गरेर गत आइतबार देश फर्किएका थिए।

भारत भ्रमणका क्रममा केन्द्र सरकारले उनलाई कडा सुरक्षा व्यवस्था उपलब्ध गराएको थियो भने उत्तराखण्ड सरकारले भब्य स्वागत गरेको थियो।

केदारनाथका पीठाधीसको विशेष निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र शाहीस्नानका लागि भारतको राजधानी नयाँदिल्ली हुँदै हरिद्धार पुगेका थिए।



पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमललाई कोरोना संक्रमण

भारत सरकारको निम्तो मानेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता, विमानस्थलमा स्वागत गर्न 'राजावादी'को भीड (भिडियो)

जब योगगुरु बाबा रामदेवले गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई पतञ्जलि पुर्‍याए (फोटो फिचर)

प्रकाशित मिति: : 2021-04-21 11:38:00

प्रतिकृया दिनुहोस्