पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह कोरोनाबाट संक्रमित भएका छन्।
शाह दम्पतीलाई आज कोरोना संक्रमण पुष्टि भएको हो।
पूर्वराजा ज्ञानेन्द्रको कोरोना संक्रमण सामान्य रहेको बताईएको छ। तर कोमल शाहको संक्रमण भने कडा देखिएको दरबार स्रोतले जनाएको छ।
पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल १४ दिन अघि हरिद्वार पुगेको थिए। भारत सरकारको निमन्त्रणामा उनीहरु कुम्भ मेलामा भाग लिन हरिद्वारा पुगेका हुन्।
भारतबाट उनीहरु आइतबार स्वदेश फर्केका थिए। त्यसयता पूर्वराजा दम्पतीलाई कोरोना देखिएको हो।