आजदेखि नेपाली नयाँ वर्ष सुरु भएको छ। नेपालीहरुले पुजापाठ, नयाँ काम र योजनाको प्रथना, नयाँ ठाउँमा घुमेर नयाँ वर्ष मनाउँदैछन्।
यसैबीच आज (बुधबार) नयाँ वर्षको दिन पशुपति श्रेत्रमा मानिस बाक्लो भिडभाड देखिएको छ।
कोरोना महामारीबीच पनि मन्दिरमा आउने दर्शनार्थीहरुको चहलपहल निकै छ। पछिल्लो समय नेपालमा दोस्रो चरणको कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेको छ। यसका बाबजुदपनि भक्तजनहरुको भिड भने उस्तै छ।
'कोरोनाको डर त छ, तर भगवानको पनि त दर्शन गर्नै पर्यो नि!', बिहानै पुजा गर्न आएकी शारदा ठकुरेलले सुनाइन्।