सिंहदरबारलाई एक चक्कर लगाउँदा (तस्बिरहरु)

चैत्र १३ गतेदेखि काठमाडौँलगायतका विभिन्न जिल्लाहरुमा ह्वात्तै वायु प्रदूषण बढ्यो। जसले गर्दा सर्वसाधारणहरुमा आँखा पोल्ने र रुघाखोकी लाग्ने समस्याहरु देखिए।

नियमित चलिरहेका आन्तरिक तथा बाह्य हवाइ उडानहरुसमेत प्रभावित बने।

दुई सातादेखि धुम्म रहेको वातावरण आजभाेलि केही खुलेको देखिन्छ। वायु प्रदूषणको कारण लागेको तुवाँलो पनि केही कम भएको छ।

यसैबीच वातावरण प्रदूषणका बाबजुदपनि वसन्तको आगमनसँगै उपत्यकाका सडकहरु उज्याला देखिएका छन्। वसन्त ऋतुमा फुल्ने फूलहरुले उपत्यकाका सडकहरुको सौन्दर्यता बढाएका छन्।

सिंहदरबार आसपासका सडकहरुमा फूलहरुले वैश निकालेको देखिन्छ। सिंहदरबारलाई एक चक्कर लगाउँदा सडक छेउमा फुलेका फूहरुले शितलता प्रदान गरेको अनुभव हुन्छ।

प्रकाशित मिति: : 2021-04-09 13:53:00

प्रतिकृया दिनुहोस्