भक्तपुर नगरपालिकाले बिस्केट जात्रा नरोक्ने, जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले गर्न मेयर प्रजापतीको अपील

भक्तपुर नगरपालिकाले यस वर्षको बिस्केट जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ।

नगरपालिकाको प्रकोप व्यवस्थापन समिति (सीएमसी)' र सरोकारवालाहरुको बैठकले जात्रा सञ्चालन गर्ने निर्णय गरेको हो।

कोरोनाको विश्वव्यापी महामारीका कारण गत वर्ष जात्रा स्थगित गरिएको भए पनि नगरपालिकाले यस वर्ष जात्रा नरोक्ने निष्कर्ष निकालेको हो।निर्णयसँगै बिस्केट जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, लिंगो ठड्याउने तथा ढाल्ने, जिब्रो छेड्ने र सिन्दूर जात्रा हुने भएको छ।

मेयर सुनील प्रजापतीले जात्राको तयारी गर्न बिस्केट जात्रा समितिलाई अनुरोध पनि गरेका छन्। उनले भने, 'नगरपालिकाले कोरोना जोखिमलाई ध्यानमा राखी मनाउन अनुरोध समेत गर्दछ।'

'सीएमसी' र सरोकारवालाको बैठकलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतीले भने, 'बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी जनभावनालाई सम्मान गर्दै जात्रा अघि बढाउने निर्णय नगरपालिकाले गरेको छ।'



नेपालमा द्वन्द्वको नाममा चलिरहेको मानव अधिकारको पसल



भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस वर्षको ‘भैरवनाथको रथ तान्ने, लिङ्गो उठाउने र ढाल्ने जात्रालाई प्रशासनले केही कडाइ गरेको जानकारी दिँदै भने, 'जनभावनाअनुरुप नगरपालिकाले गर्ने निर्णयमा म सकारात्मक छु।'

चार दिनअघि आइतबार बसेको जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को बैठकले बिस्केटजात्रा रोक्ने निर्णय गरेको थियो। 

उक्त निर्णयप्रति स्थानीयले विरोध जनाएका थिए। उक्त निर्णयविरुद्ध भक्तपुर नगरपालिका–५ का अधिवक्ता राजकुमार सुवालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर गरिसकेका छन् । 

कोरोना महामारीको कारण गत वर्षको बिस्केट जात्रा पूजाआजामा सीमित गरिएको थियो।  आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्केट जात्रा यस वर्ष यहीं चैत २८ गतेदेखि सुरु हुँदैछ। त्यसको लागि भक्तपुर नगरपालिका–५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ तयार गरिसकिएको छ। यी दुई रथमा छाना राख्न बाँकी मात्रै छन।

यस्तो छ बिस्केट जात्राको महत्व

ल्योसिं उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथजात्रा समावेश गरी तान्त्रिक पूजा विधि-विधानसमेत थपी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको जनविश्वास रहिआएको छ। 

लिच्छवी कालदेखि सुरू भएको प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा भव्य रूपमा मनाइन्छ।

जात्रा हेर्न बिहानैदेखि काठमाडौँ उपत्यकाका तीनै शहरसहित  काभ्रे र सिन्धुपाल्चोकदेखि विशेषत: नेवार समुदायका व्यक्तिहरु भक्तपुर पुग्ने गर्दछन्।



विचलन प्रचण्डमा आएको हो, हामीमा होइन: लेखराज भट्ट (अन्तर्वार्ता)




ल्योसिं उभ्याएको ठाउँमा भक्तपुरबासीले बलि दिने गर्छन् भने पूजाआजा गर्नसमेत स्थानीयको घुइँचो लाग्ने गर्छ। नयाँ वर्षको दिन आगामी मंगलबार मध्याह्न इन्द्रायणी पूजा सम्पन्न गरी अपराहृन भक्तपुरको गुठी संस्थानबाट आएका व्यक्तिले इन्द्रायणीमा बत्ती बाली दुभाजुचोकमा मूल पुजारीलाई तरबार बुझाउँछन्। 

पुजारीले कुसुलेहरूलाई खासापा बुझाई सुनको ढोकाअगाडि इन्द्रायणीको प्रसाद ग्रहण गर्छन् । साँझ भेलुखेलमा गई ल्योसिंमा अन्तिम पूजा गरी ल्योसिं ढाल्ने परम्परा रहेको छ।

सांस्कृतिक महत्त्व बोकेको विस्केट जात्रा हेरेमा दुःख नाश हुने किम्बदन्ति अझै रहेको स्थानीय बासिन्दाहरूको मान्यता रहेको छ।


नेपालमा प्रचूर संभावना भएको साइकल पर्यटनलाई राज्यले प्रवर्द्धन गर्नुपर्छ: देवेन्द्र बस्न्यात (भिडियोसहित)  

प्रकाशित मिति: : 2021-04-07 19:17:00

प्रतिकृया दिनुहोस्