नवीन रायमाझी
मानव अधिकार भन्ने शब्दलाई हरेक पक्षले आफ्नो स्वार्थ अनुकुल ब्याख्या गर्दै आएका छन्। मानव अधिकारको रक्षाको लागि भनेर दर्जनौं गैरसरकारी संस्था खुलेका छन्।
तर, उनीहरुले के कस्तो कार्य गर्छन? त्यस्ता कार्यबाट सर्वसाधारणलाई कस्तो हित भएको छ, त्यो सायदै कसैले बुझेका छन्।
त्यस्ता संस्थासँग सम्बन्धितले आफूलाई मानव अधिकारवादी दाबी गर्ने गरेका छन्। तर त्यो पद उनीहरुलाई कसले प्रदान गर्यो? त्यो पनि कसैलाई थाहा भएको विषय होइन। हुनसक्छ, त्यो उनीहरुको स्वघोषित पदवी हो।
विगतमा प्रचण्ड र बाबुरामले माओवादी आन्दोलनको नाममा निर्दोष मान्छे मार्दा उनीहरु चुँइक्क बोलेनन्।
तर, प्रहरी वा सेनाले त्यस्ता गतिबिधिको प्रतिकार गरेर अपराधीलाई कारबाही गर्यो भने सडकमा आएर बौलाउने मान्यबरहरुलाई नै मानव अधिकारवादी भन्ने गरिन्थ्यो। हाल त्यस्तै ब्यक्ति अभियन्ता बनेका छन्।
कोही सडकमा आएर पानीले निथ्रुक्क भिजेर सामाजिक अभियान्ता हुने प्रयासमा छन् भने कोही सडकमा पलेटी कसेर बसेका छन्। उनीहरु कहिलेसम्म अभियान्ता हुने हुन्, त्यो उनीहरुको विषय हो। तर यी स्वघोषित दुई पदबीच के फरक रहेछ? त्यो भने पंक्तिकारले बुझ्न सकेको छैन।
आफूलाई अरुले ‘प्रेम ब्रो’ भनेर सम्बोधन गरेको रुचाउने मेरो एक बाल सखा छ। पाँच कक्षामा फेल भएपछि उसले पढ्न छोडेको थियो।
कालान्तरमा गएर उ जमलमा क्यारेम बोर्ड को गोट्टीले ‘तीन गोट्टी’ खेलाउँथ्यो। पछि पुलिसले समातेर हड्डी खुस्किने गरेर भकुरेपछि कुमारी हलमा ‘टिकट ब्ल्याकी’ को रुपमा बढुवा भएछ।
समानान्तर रुपमा पाकेटमार को ‘पार्ट टाइम’ काम पनि गर्ने कारण मेरो एक आफन्तको पशुपतिमा चोरिएको पर्स उसले खोजेर ल्याईदिएको थियो। धेरैपछि उसलाई मैले फेसबुक लाइभमा देखेँ।
घाँटीमा मोटो सुनको सिक्री, हातमा ब्रसलेट र औँलामा बिभिन्न रत्नको औंठी लगाएको उ हात हल्लाएर धुर्मुस सुन्तलीको बिरोध गर्नेलाई गोली ठोक्ने चेतावनी दिँदै थियो।
युट्युबरका लागि उ सामाजिक अभियान्ता हो। युट्युबभरी उसका विभिन्न प्रसंगमा उत्तेजक बयान देख्दा म अचम्मित हुन्छु। उसको सबै बयानको निचोड हुन्छ, फरक विचार राख्नेलाई गोली ठोक्नुपर्छ।
त्यस्तै पंक्तिकार एउटा दैनिक पत्रिकामा काम गर्दा एक मान्यबर थिए। कामको नाममा माखो नमार्ने। तर, कुराले आकाश पाताल जोड्ने।
उनले त्यहाँ रहुन्जेल फिटिक्कै काम गरेनन्। सधै हतारमा रहने र दौडादौड गरिरहने उनले त्यो व्यस्तताबाट के प्राप्त गरे, त्यो उनको निजी कुरा भयो। तर, हाल उनी सबैभन्दा फुर्सदिलो काम अभियान्ता भएका देख्दा रमाइलो लाग्छ।
उनी कहिले सडकमा लडेको र कहिले मानसिक अवस्था ठिक नभएको मान्छे जस्तो अच्चमलाग्दो तरिकाले एकहोरो कराइरहेका देखिन्छन्। यस्ता अन्य अभियान्ता पनि छन्, उनीहरुको काम ‘अर्थ नबर्थ गोबिन्द गाई’ भने जस्तै कराइरहनु हो।
यसबाट उनीहरुलाई के कस्तो फाइदा हुन्छ? त्यो अर्कै कुरा हो। तर उनीहरुको गतिबिधिले सर्वसाधारणको रक्तचाप भने बढाएको छ।
मानव अधिकार आयोग भन्ने एउटा सरकारी निकाय पनि छ। कुनै प्रमुख पदबाट निबृत भएपछिको पुरस्कार हो यो निकायको प्रमुख पद। यो निकायले के कस्तो काम गर्यो र कसलाई कारबाही गर्यो, त्यो कसैलाई जानकारी छैन।
सरकारी तथा गैर–सरकारी क्षेत्रबाट मानव अधिकारको क्षेत्रमा काम गर्ने भनिन्छ। त्यसैको नाममा उनीहरुको पसल पनि चलिरहेको छ। त्यो राम्रै होला तर त्यसको औचित्य के हो? सम्बोधन हुनुपर्ने होइन र?
@twitter#naviinr
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया