बिएल संवाददाता
नेकपा एमालेमा पार्टी पुनर्गठनको अभियानले तीव्रता पाएसँगै अध्यक्ष केपी ओलीले नेतृत्वका लागि नयाँ पत्ता फ्याँकेका छन्।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन अभियानलाई देशव्यापी बनाएपछि झस्किएका ओलीले उनीहरूको विकल्पमा पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेतृत्व सुम्पिन सकिने विकल्प अघि सारेका हुन्।
गुण्डुनिकट स्रोतका अनुसार ‘विष्णु–शंकरमा नेतृत्व गर्ने क्षमता नभएको, संकटकाे घडीमा नेतृत्वविरुद्ध गुटबन्दी गरेको, नेतृत्वको रक्षा नगरेको र एमाले विरोधीहरूको डिजाइनमा पार्टी सिध्याउन लागिपरेको’ गम्भीर आरोप लगाउँदै ओलीले उनीहरूलाई अयोग्य करार गरेका छन्।
उपाध्यक्ष पौडेल र महासचिव पोखरेलमा पार्टी र आन्दाेलनकाे नेतृत्व गर्ने क्षमता नभएकोले बरु राष्ट्रपतिजस्तो सम्मानित पदमा सफलतापूर्वक भूमिका निर्वाह गरिसकेकी पूर्वउपाध्यक्ष भण्डारीको नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न सकिने ओलीको बुझाइ छ।
सोहीअनुसार अध्यक्ष ओलीले सचिव महेश बस्नेतलाई अघि सारेर प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीसँग कार्यगत एकताका लागि सो पार्टीका नेताहरूसँग संवाद थालेका छन्।
एमाले स्रोतका अनुसार सचिव महेश बस्नेतले संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू वर्षमान पुन र प्रकाश ज्वालासँग निरन्तर रुपमा ओलीको सन्देश सम्प्रेषण गरिरहेका छन्।
बस्नेतले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डको भेटवार्ताको साइत जुराउने कसरत पनि गरिरहेका छन्। तर, प्रचण्डको सचिवालयले भने एमालेकै शीर्ष नेताहरूलाई बाइपास गरेर बस्नेतलाई अघि सारिएकोले ओलीको प्रस्तावलाई गम्भीरतापूर्वक नलिएको बुझिएको छ।
यता पुनगर्ठन अभियान पक्षधरहरूले भने अभियान तुहाउन ओलीले विद्याको तुरुप फ्याँकेको निष्कर्षसहित अभियानलाई निरन्तरता दिइरहेका छन्। विष्णु–शंकरको नेतृत्वमा जारी पुनर्गठन अभियान लुम्बिनी पुगेको छ।
ओलीले भने अधिकांश प्रदेशका आफूलाई अझै पनि साथ दिइरहेका नेताहरूसँगको संवादलाई निरन्तरता दिँदै पुनर्गठन अभियानका एजेन्डा र छलफलको निष्कर्षबारे निरन्तर ब्रिफिङ लिइरहेका छन्।
कपिलवस्तुको चन्द्रौटामा बसेको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समिक्षा र पार्टी पुनर्गठनका सन्दर्भमा सुझाव संकलन भेलामा सहभागी अधिकांश नेताहरूले नेतृत्व परिवर्तनको पक्षमा सुझाव दिएका छन्। नेताहरूले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई नेतृत्वका लागि तयार हुन आग्रह गरेका छन्।
कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, नेता प्रदीप ज्ञवालीसहितका केन्द्रीय तहका नेताहरू सहभागी थिए।
प्रदेश कमिटीका पदाधिकारी, १२ वटै जिल्ला कमिटीका पदाधिकारी र यो प्रदेशबाट केन्द्रीय कमिटीमा रहेकाहरू यो समीक्षामा सहभागी भएका थिए।
कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गरेका ओलीले ‘नेतृत्व परिवर्तन गर्ने बेमौसमी बाजा नबजाउन’ चेतावनी दिए। ‘नेतृत्व परिवर्तनको बेमौसमी बहस सुरु गरेर पार्टी कमजोर बनाउने खेलमा कोही पनि लाग्नु हुँदैन। पार्टीलाई एकताबद्ध बनाउन सबै नेता–कार्यकर्ता लाग्नुहोस्। समय आएपछि नेतृत्वको बहस गरौँला’, ओलीले भने।।
तर, ओलीको चेतावनीका बाबजुद अधिकांश नेताहरूले वर्तमान नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्ष निकालेका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया