तेजन खड्का
अभिनेत्री मिरुना मगरले फिल्म 'ऊनको स्वीटर'का लागि सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार प्राप्त गरेपछि भावुक प्रतिक्रिया व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साट्दै मगरले सन् २०१८ मा अभिनय यात्रा सुरु गर्दा आजको उपलब्धिले यति ठूलो अर्थ राख्ला भन्ने कल्पना समेत नगरेको बताएकी छन्।
उनले ‘ऊनको स्वीटर’ का लागि प्राप्त राष्ट्रिय पुरस्कारलाई आफ्नो जीवनको अविस्मरणीय उपलब्धि भएको उल्लेख गरेकी छन्।
‘यो यात्राले मलाई केवल करिअर मात्र दिएको छैन, यसले मलाई जीवनका अनेक अनुभव, चुनौती र सिकाइहरू दिएको छ। यसले मलाई नम्र बनाएको छ र निरन्तर अघि बढ्न प्रेरित गरेको छ,’ उनले लेखेकी छन्।
मगरले पुरस्कारका लागि नेपाल सरकार, निर्णायक मण्डल तथा चलचित्र विकास बोर्डप्रति आभार व्यक्त गरेकी छन्। साथै, फिल्मका निर्देशक नवीन चौहान लाई सर्वोत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गरेकोमा बधाई दिँदै उनको दूरदृष्टि र विश्वासकै कारण अर्थपूर्ण सिर्जना सम्भव भएको बताएकी छन्।
उनले ‘ऊनको स्वीटर’ परिवार र सम्पूर्ण निर्माण टिमप्रति धन्यवाद व्यक्त गर्दै चलचित्रले वर्षकै उत्कृष्ट फिल्मको पुरस्कार समेत जितेकाले यो उपलब्धि अझ विशेष बनेको उल्लेख गरेकी छन्।
दर्शकको निरन्तर साथ र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै मगरले आफ्नो सफलताको यात्रामा योगदान पुर्याउने सबैलाई धन्यवाद दिएकी छन्।
यद्यपि, पुरस्कार प्राप्तिको खुसीबीच परिवारको सम्झनाले आफू भावुक बनेको पनि उनले बताएकी छन्। प्रियजनहरूबाट टाढा रहेर जीवन र करिअर निर्माण गर्नु गौरवको विषय भए पनि त्यसमा चुनौती र अभाव दुवै रहेको उनको भनाइ छ।
‘आज मेरो मन खुसीले भरिएको छ, तर यो विशेष क्षण परिवारसँगसँगै बाँड्न नपाएको महसुसले मन अलिकति दुखेको पनि छ,’ उनले उल्लेख गरेकी छन्।
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया