बिएल संवाददाता
सह–आयोजक क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को शुक्रवार बिहान सम्पन्न खेलमा कतारलाई ६–० ले पराजित गर्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।
भ्यानकुभरस्थित बीसी प्लेसमा भएको खेलमा स्टार फरवार्ड जोनाथन डेभिड नायक बने । उनले ह्याट्रिक पूरा गर्दै क्यानडालाई एकपक्षीय जीत दिलाए। क्यानडाका लागि काइल लारिन तथा नाथन सालिबाले पनि गोल गरे भने कतारका मोहम्मद अल मन्नाईको आत्मघाती गोलले घरेलु टोलीको अग्रता अझ फराकिलो बन्यो।
घरेलु समर्थकहरूको उत्साहपूर्ण उपस्थितिमा खेलको प्रारम्भदेखि नै आक्रामक देखिएको क्यानडाले पहिलो हाफमै ३–० को सहज अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि लगातार दवाव सिर्जना गर्दै थप तीन गोल गरेको थियो।खेल कतारका लागि झन् कठिन बन्यो, जब टोलीका दुई खेलाडीले रातो कार्ड पाएपछि उनीहरू नौ खेलाडीमा सीमित भए। त्यसपछि क्यानडाले संख्यात्मक फाइदाको पूरा उपयोग गर्दै ठूलो अन्तरको जीत निकाल्यो।
यो जीतसँगै क्यानडाले विश्वकप इतिहासमा पहिलो पटक पुरुष टोलीतर्फ जीत दर्ता गरेको छ । दुई खेलबाट चार अंक जोडेको क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ र अन्तिम ३२ मा स्थान सुरक्षित गर्ने सम्भावना निकै बलियो बनेको छ।
यता लगातार दोस्रो खेलमा जीतविहीन बनेको कतार भने समूह चरणबाट बाहिरिने दवावमा परेको छ। अब क्यानडाले आफ्नो अन्तिम समूह चरणको खेलमा स्विट्जरल्यान्डको सामना गर्नेछ, जहाँ कम्तीमा बराबरीको नतिजाले पनि उसलाई ऐतिहासिक रूपमा नकआउट चरणमा पुर्याउन सक्छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया