नवीन रायमाझी
आतंकवादी संगठन अल कायदाका आतंकवादी अहमद उमर सईद शेखलाई कडाभन्दा कडा कार्वाही गर्न अमेरिकी सरकारले कुनै कसर बाँकी नराख्ने अमेरिकी नवनियुक्त विदेशमन्त्री एन्टाेनी ब्लिन्कनले बताएका छन्। उनले आतंकवादी संगठन अल कायदाले सन् २००२ मा पाकिस्तानको कराची शहरमा हत्या गरेको ‘वाल स्ट्रिट जर्नल’ का ब्युरो चिफ पत्रकार डेनियल पर्लका परिवारलाई भेटेर न्याय दिलाउने आश्वासन दिए।
पाकिस्तानको जासुसी संस्था आइएसआइ र आतंकवादी संगठनबीच सम्बन्धको बारेमा समाचार संकलन गरिरहेका पत्रकार पर्ललाई अल कायदाका आतंकवादीहरुले अपहरण गरेर टाउको काटेर हत्या गरेका थिए।
हत्या आरोपी बेलायती नागरिक तथा अल कायदाका आतंवादी अहमद उमर सईद शेखलाई अमेरिकी दबाबका कारण पाकिस्तानले जेलमा राखे पनि अदालती प्रक्रिया अगाडी नबढाउँदा हालसम्म कुनै सजाय हुनसकेको छैन। यसैबीच विदेशमन्त्री ब्लिन्कनले उमर सईद शेखलाई कडा सजाय हुनुपर्ने बताएका छन्।
उमर सईद शेख पहिले भारतीय जेलमा थिए। तर सन् १९९९ मा नेपालबाट भएको इण्डियन एअरलाइन्स बिमान अपहरण काण्डपछि बिमानमा रहेका १ सय ५० यात्रुलाई छोड्ने सर्तमा भारत सरकारले रिहा गरेको थियो। यो काण्डमा शेखसहित जेश ‘ए‘ मोहम्मदका प्रमुख मसुद अजहर र मुश्ताक अहमद जरगरलाई अफगानिस्तानको कन्दहारमा लगेर रिहा गरिएको थियो।
त्यसको तीन बर्षपछि पत्रकार पर्लको हत्या भएको थियो। १० अक्टुबर १९६३ मा प्रिन्सटन, न्यु जर्सीमा जन्मेका पत्रकार पर्लको १ फेब्रुअरी २००२ मा हत्या गरिएको थियो। उनको लाश १६ मे २००२ मा मात्र भेटिएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया