बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानको लागि तत्कालीन परराष्ट्रमन्त्री डा.आरजू राणा देउवालाई पत्र पठाएको छ।
राणालाई तत्कालीन विभागीय मन्त्रीको हैसियतमा उक्त प्रकरणमा संलग्नताबारे बयान दिन बोलाइएको हो।
अख्तियारले राणालाई भौतिक रुपमा फेला पार्न नसकेपछि ३ दिनभित्र उपस्थित भएर बयान दिन भन्दै बुढानिलकण्ठस्थित भग्नावशेष भएको निवासमा बुधबार म्याद तामेली गरेको हो। जेनजी आन्दोलनका क्रममा देउवा निवासमा आगजनी भएको थियो।
अख्तियारको टोली स्थानीय जनप्रतिनिधिसहित देउवा निवास पुगेको थियो। जनप्रतिनिधिको रोहबरमा पत्र टाँसेको अख्तियारले देउवा दम्पतीका स्वकीय सचिव भानु देउवालाई पनि फोनमार्फत जानकारी गराएको बताइएको छ।
अख्तियारको पत्र–

यता राणाले पनि तत्काल उपस्थित हुन नसक्ने व्यहोराको पत्र अख्तियारलाई इमेलमार्फत पठाइसकेको खुलेको छ। राणाले आफू उपचारका लागि विदेशमा रहेको, उपचारका लागि समय लाग्ने भन्दै नेपाल फर्किन समय लाग्ने जानकारी गराएको अख्तियार स्रोतले बतायो।
राणाले आफू अनुसन्धानमा सघाउन पूर्ण तयार रहेको र नेपाल फर्किने बित्तिकै हाजिर हुने बताएकी छन्। यता अख्तियार भने आरजुलाई कुर्ने पक्षमा छैन।
प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियारका पदाधिकारीहरूलाई सिंहदरबार बोलाएर कडा निर्देशन दिए लगत्तै आरजुका नाममा पूर्जी काटिएको अख्तियारका एक अधिकारीले बताए।
सीमित कम्पनीलाई लाभ मिल्ने गरी टेन्डर आह्वान गरेर अनियमितता गरेको अभियोगमा अख्तियारले राहदानी विभागका महानिर्देशक, निर्देशक, जर्मन कम्पनीका नेपाली एजेन्टसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
केही व्यक्तिहरू फरार रहेको अख्तियारले बताएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया