गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा  दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई बुधबार दिउँसो राजीनामा बुझाएका हुन्।

चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका नेताहरुले राजीनामा दिने निर्णय गरेको थियो। 

प्रकाशित मिति: : 2021-04-07 14:27:00

प्रतिकृया दिनुहोस्