नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग हारेको बताएका छन्।
जिल्ला कार्य समिति रुकुमले आयोजना गरेको कार्यक्रममा उनले पार्टीलाई एकता गर्न नसकेर प्रधानमन्त्री ओली पछि हटेको भन्दै आफूसँग हारेर साईट लागेको दाबी गरे।
विदेशी शक्तिको बलमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादी तर्फ धकेलेको उनको जिकिर छ। साथै उनले देशलाई बर्बादी हुनबाट बचाउँन आफु डटेर लडिरहेको पनि बताए। 'केपी ओली विदेशीको इशारामा चलेका छन्। हामीले उनको त्यो दम्भलाई दुरुत्सान गर्दै आएका छौं। जनतासँग विचलीत भएर भाग्ने हैन, हामीले जनताको सहयोगमा आन्दोलन गर्दैछौ।', प्रचण्डले भने।
प्रचण्डले गृहमन्त्री रामबहादुर थापालाई समेत व्यंग गर्दै आफूमाथी बम हान्नेलाई गृहमन्त्री बनाएको दाबी गरे। 'जाली र फटाहहरुलाई मैलै पार्टीको माथिल्लो तहमा राखे। गृहमन्त्री बनाए। पार्टीको स्थायी समिति सदस्य बनाए। अहिले उनै फटाहहरुले मलाई धोका दिए।', प्रचण्डले गुनासो सुनाए।
अध्यक्ष प्रचण्डले अब आफू जनताको घरदैलोमा गएर प्रधानमन्त्री ओलीको अत्याचार विरुद्ध लड्नेपनि बताएका छन्। रुकुमेली जनतालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'म अब काठमाडौंमा थोरै बस्छु, तपाईहरुसँगै धेरै हुनेछु।'