सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको निवेदन पुनरावलोकन नगर्ने आदेश गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश प्रकाशकुमार ढुंगाना रहेको इजलासले त्यस्तो आदेश गरेको हो।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको पार्टीलाई आफ्नै पार्टीको नाम दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए।